सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सेनाले भारतीय हुनसक्छ भनेर लाश बगाउन लागे, तर हामीले दिएनौँ । त्यो त मदन भण्डारीकै लाश रहेछ’


  •    /१ जेष्ठ २०७६, बुधबार २१:५८ 
  • हेमबहादुर थापा मगर
    (मदन भण्डारीको शब भेट्टाउने पहिलो व्यक्ति)

    दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ ।

    जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा प¥यो । मलाई लाश हो कि भन्ने लाग्यो ।

    साथीहरुलाई लाश देखेको खबर गरेँ । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।
    लासलाई ओल्टाइपोल्टाइ हे¥यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

    जननेता स्वर्गीय मदन भण्डारी

    लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले लाश हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ । हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ ।

    जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियौँ । घरमा बाजेलाई लास भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको लाश होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिन ।
    जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।

    डुङ्गामा लाश हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।

    ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा लास भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ ।

    अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छन् । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छन् ।
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले लाश भेटाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

    मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।

    (रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
    मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग
    • जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
    • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
    • उन्नाइस केजी गाँजासहित युवक पक्राउ
    • पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.