सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा लायन्स स्थापनाको ५० वर्ष, मानवीय सेवा गरेरै स्वर्ण वर्ष मनाईदै


  •    न्युजभित्तो/२५ श्रावण २०७७, आईतवार २१:३७ 
  • चितवन । नेपालमा लायन्स क्लबस् ईन्टरनेशनलको स्थापना भएको आज आईतबारबाट स्वर्ण वर्ष शुरु भएको छ । सन् १९७१ अगस्ट ९ तारिखका दिन पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको अध्यक्षतामा नेपालमा पहिलो लायन्स क्लबस् बिराटनगर गठन भएको थियो ।

    यस अवधिमा नेपालमा लायन्स क्लबस् ईन्टरनेशनलका ३२५ अन्तर्गत चार वटा डिष्ट्रिक रहेका छन् । जसमा १ हजार चार सय क्लब मार्फत् ३४ हजार सदस्य समाजसेवामा सक्रिय रहेका छन् ।

    लायन्स क्लबस् ईन्टरनेशनल ३२५ बी २ का प्रथम भाईरस गभर्नर रामप्रसाद भट्टका अनुसार लायन्सकर्मीहरुले नेपालमा खुशीयाली साटेर स्थापना दिवस मनाईरहेका छन् । लायन्स क्लबस् ईन्टरनेशनलका पूर्व अध्यक्ष डा. नरेश अग्रवाल, हालका द्वितीय भाईस प्रेसिडेन्ड डा. पप्पी हिल र वर्तमान अन्तर्राष्ट्रिय निर्देशक डा. संजय खेतानले विद्युतीय माध्यमबाट शुभकामना सन्देश प्रवाह गरी दिवसको शुभारम्भ गर्नुभएको छ । उहाँहरुले नेपालमा लायन्सको स्थापनासँगै समाजसेवामा पु¥याएको योगदानको तीनै जनाले खुलेर प्रशंसा गर्नुभएको भट्टले जानकारी दिनुभयो ।

    आईतबार साँझ देशभरका विभिन्न ठाउँमा दीप प्रज्ज्वल गरिएको छ । उहाँको डिष्ट्रिकले मानव सेवा आश्रमका १९ वटा शाखामा आज बिहान त्यहाँ रहेका १ हजार १ सय आश्रितहरुलाई भोजन गराएको छ ।
    यसैगरी आईतबार भरतपुरको चौबीसकोठीमा पाँच हजार ५ सय माक्स र ग्लोब्स विभिन्न व्यक्ति तथा संस्थाहरुलाई वितरण गरेको छ । चितवनकै भण्डारामा रहेको स्वास्थ्य चौकीलाई १ हजार माक्स, ग्लोब्स र सेनिटाईटर उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो ।

    नवलपरासीको गैंडाकोटमा विद्यालयमा वृक्षारोपण गरिएको छ भने बुटवलमा कोभिड १९ परीक्षण प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरिंदै छ । भट्टका अनुसार देशैभर विभिन्न कार्यक्रमका साथ लायन्सको स्थापना दिवस मनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.