सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री र माडीका प्रतिनिधिबीच भेट, सांस्कृति अध्ययनसँगै विकास अगाडि बढाउने विषयमा छलफल


  •    न्युजभित्तो/२४ श्रावण २०७७, शनिबार २०:४७ 
  • काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र माडी नगरपालिकाका जनप्रतिनिधिबीच शनिबार छलफल भएको छ । राम जन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्री ओलीले चासो दिनुभएसँगै छलफल भएको हो ।

    राष्ट्रिय सभा सांसद दिलकुमारी रावल पार्वतीले अयोध्यापुरी नाम राख्नका लागि नगरपालिकाको वोर्डबाट निर्णय गरेर पठाउन प्रधानमन्त्रीले भन्नुभएको न्यूजभित्तोलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले रामनवमीका दिन अयोध्यापुरीमा मेला लगाउने तयारी गर्न समेत भन्नुभएको छ ।

    माडीको सांस्कृतिक, ऐतिहासिक महत्वको अध्ययनसँगसँगै विकासको काम अगाडि बढाउन निर्देशन दिंदै प्रधानमन्त्री ओलीले स्थानीय सरकारले गर्ने यस्तो काममा संघीय सरकार साथमा रहेको बताउनुभयो ।

    सो अवसरमा अयोध्यापुरीमा भएका संरचना र जग्गाको बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो । निकुञ्जसंग सरकारले समन्वय गर्ने भन्दै उहाँले आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले राम नेपालमा जन्मेको र अयोध्याका प्रमाणहरु प्रशस्तै रहेको बताउनुभएको थियो ।

    माडीमा भेटिएका पुरातात्विक र प्राचिन संरचनाहरुको संरक्षण गर्नुपर्नेभन्दै प्रधानमन्त्रीले पुरातत्व विभाग खोज, अनुसन्धान र उत्खननमा लागेको जानकारी दिनुभयो । उहाँले निकुञ्ज एेन संसोधनका विषयमा पनि काम अघि बढेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले लुम्बिनी, वाल्मीकि आश्रम र जनकपुरधामलाई जोडेर धार्मिक सर्किट बनाउनुपर्ने धारणा राख्नुभयो । भेटमा सांसद रावल सहित माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकाजी कुमारी महतो, नेकपा माडी नगर कमिटीका प्रतिनिधि, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागि हुनुहुथ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.