सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग


  •    न्युजभित्तो/२२ श्रावण २०७७, बिहीबार १८:२३ 
  • पूर्णप्रसाद मिश्र
    काठमाण्डौं । पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ ।

    त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका लागि पठाउने विषयमा पनि विभागले परामर्श शुरु गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउनुहुँदै सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताउनुभएको थियो ।

    महर्षि वाल्मीकिले संस्कृत भाषामा रचना गर्नुभएको रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपालीमा भावानुवाद गर्नुभएको थियो । विसं २०६७ देखि राम जन्मभूमि अयोध्याका विषयमा अनुसन्धानरत लोकमणि पौडेल यसका लागि आफू लखनउको फैजावादस्थित अयोध्या, उत्तर प्रदेशस्थित बिठुरको वाल्मीकि आश्रम र पञ्जाबको वाल्मीकि आश्रममा पनि पुगेर सूक्ष्म अध्ययन गरेको बताउनुहुन्छ ।

    भारतमा दुईतिर दाबी गरिएको वाल्मीकि आश्रमभन्दा नेपालको वाल्मीकि आश्रमको प्रमाण बलियो रहेको उहाँले बताउनुभयो । वाल्मीकिले रचना गर्नुभएको संस्कृत रामायणमा तमसा र गङ्गा नदीको बीचमा वाल्मीकि आश्रम पर्छ भनिएकामा त्रिवेणी नजिकैको आश्रम नै सही भएको भारतका मानिसको पनि सहमति रहेको अध्ययनका क्रममा भेटिएको उहाँले सुनाउनुभयो ।

    वाल्मीकि आश्रम पारि भारतले वाल्मीकि बाघ संरक्षण केन्द्र स्थापना गरेको छ । त्यहाँको नगरको नाम पनि भारतले वाल्मीकि नगर राखेको अनुसन्धाता पौडेलले बताउनुभयो । भारतका दुवै वाल्मीकि आश्रम भव्य भए पनि नेपालको आश्रमको विकासमा यहाँका सरोकार भएका निकायको ध्यान नगएको प्रष्ट देखिएको तीन वटै आश्रमको अनुसन्धान गर्नुभएका अनुसन्धाता पौडेलले सुनाउनुभयो ।

    वाल्मीकि रामायणमा आश्रमको पूर्वतिर अयोध्या पर्छ भनिएको छ । नेपालको वाल्मीकि आश्रमबाट अयोध्यापुरी पूर्व पर्छ । अयोध्यापुरी वरिपरिको भागमा बैकुण्ठ ताल, सोमेश्वर पहाड लगायत धार्मिक एवं सांस्कृतिक महत्वका धेरै स्थल रहेकाले पनि अयोध्यापुरी नै राम जन्मभूमि हुन सक्ने बलिया प्रमाण रहेको पौडेलको भनाई छ । थप अनुसन्धानका लागि त्यस स्थलको पुरातात्विक उत्खनन् गर्न पनि उहाँले माग गर्नुभयो ।

    परशुराम कुण्डबाट आउने मरोट खोला र रिया खोला पनि वाल्मीकि आश्रम एवं अयोध्यापुरीको बीचमा रहेकाले अयोध्यापुरीमा दशरथ र कौशल्याका छोरा रामको जन्म भएको बलिया आधार भए पनि सरोकार भएका निकायले यसको थप अध्ययन अनुसन्धान गर्नुपर्ने अध्येता पौडेलको माग छ । चितवनको साविक अयोध्यापुरी गाविसको केही भाग पर्सा जिल्लामा गाभिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.