सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस युनियनले जनायो माडीका प्रमुख ढकालको अभिव्यक्तिप्रति कडा आपत्ति


  •    न्युजभित्तो/२१ श्रावण २०७७, बुधबार २०:०३ 
  • चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले बुधबार एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने दिएको अभिव्यक्तिको कडा आपत्ति जनाउँदै तत्काल ती शब्द फिर्ता लिन आग्रह गर्नुभएको छ ।

    यूनियनले गैरजिम्मेवार अभिव्यक्ति नदिन मेयर ढकाललाई चेतावनी समेत दिएको छ । माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचारप्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई पित पत्रकारिताको संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्ति आमपत्रकार माथिको प्रहार भन्नेमा यूनियनको ठहर छ ।

    जनप्रतिनिधिको धम्कीबाट विचलित नभइ सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आमपत्रकारलाई यूनियनले आग्रह समेत गरेको छ । स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको यूनियनको ठहर छ । यूनियनले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

    पछिल्लो समय माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच द्धन्द्ध चर्कदै गएको छ । सुकुम्बासी बस्ती स्थानान्तरणको नाममा नगरपालिकाले राईटोलमा सालको रुख काटेर कुसुमखोलाको बासिन्दालाई राखेको छ । ठूलो मात्रामा रुख फडानी गरेर बस्ती बसालेपछि निकुञ्जले घर निर्माणको काम रोकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.