सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी लिफ्टका नहर अतिक्रमण हुँदा भरतपुर शहर डुवानमा


  •    न्युजभित्तो/२१ श्रावण २०७७, बुधबार १९:५१ 
  • नारायण अधिकारी

    चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो ।

    नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

    महानगरका मुख्य गरी १०, ११, १२ र ७ नम्बर वडा डुबानमा पर्ने गरेका छन् । महानगरको मुख्य बसोबास रहेको क्षेत्र डुबानमा परेको हो । नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इ खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ ।

    भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवनजस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उहाँले बताउनुभयो ।

    पानीको निकास नभएपछि यहाँका सरकारी कार्यालय, निजी घर, सडक क्षेत्र, खाली जमिन पानीले भरिने गरेको छ । खुलारुपमा रहेका सार्वजनिक तथा निजी जमिन यतिबेला पानीले भरिएका छन् । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमिनमा सिँचाइ अभाव भएको बताउनुभयो ।

    उहाँका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ । रानाभाटले भन्नुभयो, “नहर पुर्नुहुन्नभन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ ।” पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उहाँले गर्नुभयो ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल नहर मासिएकै कारण शहरी क्षेत्र डुबानमा परेको बताउनुहुन्छ । जथाभावी विकासका नाममा सडक बनाउँदा वर्षाको समयमा समस्या देखिने गरेको उहाँले बताउनुभयो । नहर अतिक्रमण रोक्ने काममा आफूले सहयोग गर्ने भन्दै उहाँले यस क्षेत्रलाई डुबान हुन नदिन केरुङ्गा घोल व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

    महानगर प्रमुख भएदेखि नै नारायणी लिफ्टको स्तरोन्नति गरी हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्नेमा जोड दिँदै आउनुभएकी दाहालले केरुङ्गा घोललाई यहाँको जमेको पानीको निकाससँगै सुन्दरता प्रदान गरिने बताउनुभयो । जनप्रतिनिधिले नै बजेट विनियोजन गरेर नहरमा बाटो बनाउने काम भइरहँदा पानीको निकासमा समस्या पर्ने गरेको छ ।

    लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरुपमा सिञ्चित गर्दै आएको छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।

    वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नति गरेर आउँदो वर्षबाट हिउँदमा समेत सिँचाइ गर्ने तयारी गरिएको छ । नारायणी नदीबाट पानी तानेर नहरमार्फत सिँचाइ गरिँदै आएको छ । मुख्य शहरी क्षेत्रमा सिँचाइको आवश्यकता कम हुँदै गएपछि नहर संरक्षणमा समस्या भएको छ । त्यसको प्रभाव नहरको अन्तिम विन्दुमा रहेका किसानलाई भने परेको छ । नहर अतिक्रमण गरे पनि उचित ढलको व्यवस्थापन गर्न नसक्दा पानी जम्ने समस्या आएको हो । पानी जमेसँगै डेङ्गुलगायतका रोगको समेत समस्या थपिने चिन्ता स्थानीयवासीमा छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.