सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाले ७ प्रतिशत पत्रकारको गुम्यो रोजगारी


  •    न्युजभित्तो/१९ श्रावण २०७७, सोमबार १८:१४ 
  • चितवन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताउनुभएको छ । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उहाँले बताउनुभयो ।

    कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा यहाँ आइपुग्नुभएका आचार्यले आज कुराकानी गर्दै कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिनुभयो ।

    बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उहाँले जानकारी दिनुभयो । लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उहाँले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताउनुभयो । “स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्र मोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उहाँले भन्नुभयो, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उहाँको भनाइ थियो ।

    आचार्यले दुईथरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढङ्गले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चार गृहमा काम गरिरहेको बताउनुभयो । पचास प्रतिशतभन्दा बढी पत्रकार आफैँले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उहाँले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ ।” यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका प्रभावित भएको उहाँको भनाइ छ । पत्रकार विस्थापित हुनु भनेको धेरै ठूलो क्षति हो भन्दै उहाँले भन्नुभयो, “मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।”

    पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उहाँले महासङ्घ र जिल्ला शाखाले आपतकालीन कोष खडा गरेको बताउनुभयो । यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आपतकालीन, अल्पकालीन र दीर्घकालीनरूपमा सम्बोधन गर्नुपर्छ ।” मिडियालाई व्यवस्थित बनाउन व्यावसायिक चरित्र अङ्गीकार गर्न राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ । राज्यले मिडियालाई परेको समस्या र पेशागतरूपमा पत्रकारलाई परेको समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना भए नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मिडिया हाउसलाई पनि सहुलियत पूर्ण ऋण दिनुप¥यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुप¥यो ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

    टोलीले जिल्लाका पत्रकारसँग अहिलेको अवस्थाको बारेमा जानकारी लिँदै सरोकारवालासँग छलफल गरिरहेको छ । प्रदेश राजधानीमा कार्यक्रम गरी सरोकारवालालाई आफ्नो सुझावसमेत दिने गरेको छ ।

    महासङ्घले दुई हजार भन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाको बारेमा सर्वेक्षण गरिरहेको महासचिव विष्टले जानकारी दिनुभयो । यस्तै शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासङ्घले गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.