सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ’


  •    न्युजभित्तो/१४ श्रावण २०७७, बुधबार २०:३९ 
  • काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उहाँको भनाइ छ । यहाँ आज आयोजित साक्षात्कारमा नेता थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।”

    उहाँले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।” उहाँले पार्टीमा बहुमत÷अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.