सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विप्लव चितवनका इन्चार्ज सहित पाँच पक्राउ


  •    न्युजभित्तो/१३ श्रावण २०७७, मंगलवार १२:३० 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका जिल्ला इन्चार्ज सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती नगरपालिका वडा नं. ९ रसौलीबाट सोमबार साँझ ८ः३० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाका अनुसार पक्राउ पर्नेहरुमा गुराँस गाउँपालिका वडा नंं ७ दैलेख निवासी विप्लव चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसी, राप्ती नगरपालिका वडा नं. ९ निवासी क्रान्तिकारी ट्रेड युनियन चितवन जिल्ला अध्यक्ष हुमबहादुर खड्का, उत्तर गंगा नगरपालिका वडा नं. ८ सुर्खेतका नेपाल दलित मुक्ति मोर्चाका महासचिव ४६ वर्षिय रामलाल विक रहेका छन् ।

    यसैगरी भरतपुर महानगरपालिका वडा नं. २८ का ४४ वर्षिय भीमनारायण श्रेष्ठ र राप्ती नगरपालिका वडा नं. ९ निवासी २७ वर्षिय दानबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा राखी आवश्यक सोधपुछ र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.