सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारले कालोपट्टि बाँधेर काम गरे, चितवनमा पनि विधेयकको विरोध


  •    /१ जेष्ठ २०७६, बुधबार २०:१३ 
  • चितवन । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आज देशभरका पत्रकारहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले आफ्नो कार्य क्षेत्रमा हातमा कालोपट्टि बाँधेर काम गरेका हुन् ।

    विधेयकको विरोधमा पत्रकार महासंघले आन्दोलन नै घोषणा गरेको छ । महासंघले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ ।

    उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउने पत्रकार महासंघको ठहर छ । विधेयकमा आचारसंहिता उल्लङ्घन गरेको देखिएमा काउन्सिलले पत्रकार वा सञ्चारमाध्यमलाई पच्चीस हजार रुपैयाँदेखि दशलाख रुपैयाँसम्म जरीवाना तिराउन सक्ने प्रावधान छ ।

    आजै पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा सरोकार पक्षबीच मिडिया काउन्सिल सम्बन्धी विधेयकको बारेमा छलफल कार्यक्रम गरिएको छ । चितवनमा पनि नेपाल पत्रकार महासंघ चितवन शाखाले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

    छलफल कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, प्रेस सङ्गठनका केन्द्रीय सदस्यद्वय सुरेशचन्द्र अधिकारी र शालिग्राम नेपाल, महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी र शान्ता अधिकारी, पूर्व अध्यक्ष जनक अर्याल, प्रदेश समिति सदस्य प्रवीण बराल, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले उक्त विधेयक संविधानको मर्म विपरित आएको र प्रेस स्वतन्त्रता विरोधी भएकोले फिर्ता लिनुपर्ने माग गर्नुभयो । प्रेस स्वतन्त्रता कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भएकोले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्नेमा उहाँहरुको जोड थियो । प्रेसलाई सङ्कुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै उहाँहरुले प्रेस सम्बन्धि कानुनहरु स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने धारणा राख्नुभएको थियो ।

    पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक परिमार्जन गर्नुपर्ने र प्रेस काउन्सिल स्वायत्त संस्था हुनुपर्नेमा जोड दिनुभयो । चितवनका पत्रकारहरुले पनि आज विधेयकको विरोधमा कालोपट्टि बाँधेर कार्य क्षेत्रमा काम गरेका उहाँले बताउनुभयो ।

    यसैगरी, नेपाल प्रेस युनियन चितवनले जिल्ला प्रशासन कार्यालय, चितवनमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सरकारले ल्याउन लागेको मिडिया काउन्सील बिधेयकले प्रकाशन र प्रसारण गर्न नहुने तथा त्यसो गरेको अबस्थामा तोकिएको सजाय र जरिवाना पत्रकारीताको प्रवद्र्धन भन्दा पनि प्रतिवन्ध लगाउने नियत वाट ल्याईएको भन्दै ज्ञापन पत्र वुझाएको हो । विधेयकमा तोकिएको सजायँ र जरिवानाले पत्रकारिताको प्रवद्र्धन भन्दा पनि प्रतिबन्ध लगाउने नियतले ल्याइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले ज्ञापनपत्र बुझाउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.