सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना समुदायमा फैलिएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागु


  •    न्युजभित्तो/९ श्रावण २०७७, शुक्रबार १७:१० 
  • वीरगञ्ज । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले राससलाई बताउनुभयो ।

    यसैबीच पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहितमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदन उपाध्यायले बताउनुभयो ।
    उहाँका अनुसार सङ्क्रमित हुनेमा नौमहिने बालकदेखि ६० वर्षीयासमेत छन् । सङ्क्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ का २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटारका ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ वर्षीय पुरुष तथा अन्य सबै वीरगञ्ज निवासी रहेको जनाइएको छ ।
    वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित हुनेमा २६ जना पर्साका, एक जना बाराका र पाँच जना भारतीय छन् । यसअघि पनि १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । सोमध्ये एक जनाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.