सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तराष्ट्रिय सीमा आवागमन साउन ३२ सम्म रोक, सरकारी कार्यालय पूर्ववत् रुपमै


  •    न्युजभित्तो/६ श्रावण २०७७, मंगलवार २१:३६ 
  • काठमाण्डौं । सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको सरकारका प्रवक्ता अर्थ, सूचना तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले बताउनुभयो । तर अत्यावश्यक सामग्रीको ढुवानी तथा असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा व्यक्तिका लागि भने तोकिएको विन्दुबाट प्रवेशको व्यवस्था गरिनेछ ।

    सरकारी कार्यालय पूर्ववत् रुपमै, गाडीको जोर/बिजोर प्रणाली हट्यो

    मन्त्री खतिवडाले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय भने पूर्ववत् रुपमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

    यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.