अब तीन दिनमा ८.९९ प्रतिशतमा ग्लोबल आईएमई बैंकबाट कर्जा
न्युजभित्तो/५ श्रावण २०७७, सोमबार २१:२५
नारायणगढ । ग्लोबल आईएमई बैंकले साना तथा मझौता व्यवसायीलाई लक्षित गरी ८.९९ प्रतिशत मै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कोरोना भाईरस (कोभिड १९) का कारण व्यवसायमा पर्न गएको असहज अवस्थालाई सरलिकृत गर्न यो सेवा शुरु गरेको हो ।
बैंकका नारायणगढ शाखा प्रबन्धक लक्ष्मण पौडेलका अनुसार यो कर्जा लिन चाहने व्यवसायीलाई आवश्यक सम्पूर्ण कागजात पेश गरेको तीन कार्यदिन भित्रै कर्जा उपलब्ध गराउन सकिने छ । नयाँ लगानी गर्न चाहने तथा व्यवसाय गरिरहेका तर थप लगानीको आवश्यक पर्ने व्यवसायीलाई समेत यो सुविधा उपलब्ध रहेको पौडेलले जानकारी दिनुभयो ।
ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई साना तथा मझौत उद्योगी व्यवसायीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको बैंकले जनाएको छ ।
सेवाग्राहीले बैंकका नेपालभरी फैलिएका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सक्नेछन । यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएर व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकका नेपाल अधिराज्यभरी २५७ शाखा, ३८ एक्टेन्सन काउन्टर र २४९ शाखा रहित बैंकिङ सुविधा रहेका छन् । बैंकका चितवन जिल्लाभित्र मात्रै ११ वटा शाखा रहेका छन् ।
नारायणगढ । ग्लोबल आईएमई बैंकले साना तथा मझौता व्यवसायीलाई लक्षित गरी ८.९९ प्रतिशत मै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कोरोना भाईरस (कोभिड १९) का कारण व्यवसायमा पर्न गएको असहज अवस्थालाई सरलिकृत गर्न यो सेवा शुरु गरेको हो ।
बैंकका नारायणगढ शाखा प्रबन्धक लक्ष्मण पौडेलका अनुसार यो कर्जा लिन चाहने व्यवसायीलाई आवश्यक सम्पूर्ण कागजात पेश गरेको तीन कार्यदिन भित्रै कर्जा उपलब्ध गराउन सकिने छ । नयाँ लगानी गर्न चाहने तथा व्यवसाय गरिरहेका तर थप लगानीको आवश्यक पर्ने व्यवसायीलाई समेत यो सुविधा उपलब्ध रहेको पौडेलले जानकारी दिनुभयो ।
ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई साना तथा मझौत उद्योगी व्यवसायीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको बैंकले जनाएको छ ।
सेवाग्राहीले बैंकका नेपालभरी फैलिएका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सक्नेछन
। यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएर व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।