सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाउन मुस्किल, पृथ्वी राजमार्ग पनि अवरुद्ध


  •    न्युजभित्तो/५ श्रावण २०७७, सोमबार १९:५६ 
  • चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा सोमबार दिनभर पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मंगलबार बिहानबाट मात्र मौषम अनुकुल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ ।

    नारायणगढ मु्ग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार काम थाल्नै नसके पछि साँझबाट त्यहाँ भएका उपकरण र जनशक्ति पृथ्वी राजमार्गको पहिरो पन्छाउने काममा परिचालन गरिएको छ । चारकिलोमा ठूलो पहिरोसँगै साना पहिराहरु खसेका छन् । पहिरो पन्छाउन नपाउँदै माथिबाट थप पहिरो खस्ने समस्या भए पछि काम अघि वढ्न नसकेको हो ।

    ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलब ५ किलोमिटर दुरिमा पर्दछ । पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ । उक्त सडक खण्डका अन्य ठाउँमा पनि साना साना पहिरो खसेका छन् ।

    यस्तै चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले पुलसँग जोडिएको सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा परेको छ ।

    बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताउनुभयो ।

    मुग्लिन नौबीसे सडक खण्डको दर्जनौं ठाउँमा साना ठूला पहिरो खसेका छन् । जसका कारण उक्त सडक खण्ड पूर्ण रुपमा ठप्प छ । मंगलबार दिनभरी पनि पहिरो पन्छाउन लाग्न सक्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.