सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी


  •    न्युजभित्तो/३० असार २०७७, मंगलवार १९:५६ 
  • काठमाण्डौं । सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

    परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गएिको जानकारी दिनुभयो । “कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ”, उहाँले रासससँग भन्नुभयो, “त्यहीअनुसार नेपालमा पनि हामीले गम्भीर प्रकारका बिरामीलाई बचाउन सकिन्छ कि भनेर सरकारसँग स्वीकृति लिएर आह्वान गरेका हौँ ।”

    कोरोना मुक्त भएर डिस्चार्ज भएका इच्छुक व्यक्तिलाई प्लाज्मा दानका लागि आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिने उहाँको भनाइ छ । त्यसका कोरोनाका गम्भीर प्रकृतिका बिरामी उपचाररत अस्पतालसँग समन्वय गरिसकेको प्रमुख अनुसन्धान अधिकृत धिमालले बताउनुभयो ।

    मुलुकभरका करीब १५/१६ वटा सुविधा सम्पन्न ९कोभिड डेडिकेटेड० अस्पतालसँग मिलेर त्यस्ता बिरामीको उपचार गर्ने तयारी थालिएको उहाँको भनाइ छ । “सामान्य तथा लक्षण नदेखिएका बिरामीलाई होइन”, उहाँले भन्नुभयो, “जो अति गम्भीर अवस्थामा आइसियू र भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ, उहाँहरुलाई प्लाज्मा दिएर उपचार गर्न लागिएको हो ।”

    कोरोना भाइरसलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट गत वैशाखमा डिस्चार्ज हुनुभएकी प्रसिद्धि श्रेष्ठले गम्भीर अवस्थामा पुगेको कोरोना सङ्क्रमितको उपचारका लागि आफू प्लाज्मा दिन तयार रहेको बताउनुभएको थियो । अमेरिकालगायत विभिन्न मुलुकमा गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई सङ्क्रमण मुक्त भइसकेका व्यक्तिको प्जाज्मा दिएर उपचार गरिएको पाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.