सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी नगरपालिकाले शुरु ग-यो अयोध्याको तथ्यहरुको खोजी


  •    न्युजभित्तो/३० असार २०७७, मंगलवार १९:३७ 
  • माडी (चितवन) । अयोध्यापुरी रहेको माडी नगरपालिकाले तथ्यहरुको खोजी शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान श्री राम नेपालकै र अयोध्या पनि नेपालमै भएको बताएपछि नगरपालिकाले तथ्यहरुको खोजी शुरु गरेको हो । यसै विषयलाई थप पुष्टि गर्न नगरपालिकाले तथ्यहरुको खोजी गर्ने अभियान थालेको छ ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राम र अयोध्यासँग जोडिएका ऐतिहासिक गुफा र मन्दिरहरु माडी नगरपालिकामा रहेकोले पनि आफूले तथ्यहरुको खोजीमा अग्रसरता लिएको बताउनुभयो। उहाँले देशभरका मिडियाहरुले तथ्यहरुको बारेमा सोधेकोले पनि आफू यसको खोजीमा लागेको बताउनुभयो । यस विषयमा इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहत् भेला राख्ने सोच बनाएको उहाँको भनाई छ ।

    मेयर ढकालकै अग्रसरतामा मंगलबार माडी नगरपालिकामा पण्डितहरुको भेला पनि राखिएको थियो । भेलामा पाँच जना पण्डितहरु सहभागी हुनुहुन्थ्यो। सबैले आफ्ना तथ्यहरु प्रस्तुत गर्नुभयो । राम यसै क्षेत्र वरिपरी जन्मिएको भन्ने यथेष्ट प्रमाणहरु भेटिएको ढकालले बताउनुभयो ।

    साबिकको अयोध्यापुरी गाउँ विकास समिति अहिलेको माडी नगरपालिकाको ८ र ९ नम्बर वाडमा पर्छ । क्षेत्र मार्फत् नभएर रामायणसँग जोडिएका धेरै तथ्यहरु रहेको नगर प्रमुख ढकालले बताउनुभयो । वाल्मीकि आश्रम, सीताराम गुफा, लवकुशको सन्दर्भ जोडिएका सबै स्थलहरु माडी क्षेत्रमा नै पर्छन् । यसअघि नै माडी नगरपालिकाले वार्षिक कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकासलाई राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.