सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पायो, अवरोध हट्यो


  •    /३१ बैशाख २०७६, मंगलवार २३:४३ 
  • हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले मंगलबार प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ । 

    काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो लगाउने सम्बन्धमा सहमति भएपछि संसद्मा रहेको अवरोध हटाउँदै प्रदेश ३ को स्थायी राजधानीको प्रक्रिया शुरु गरिएको हो ।

    सहमतिपछि मंगलबारदेखि नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय मंगलबार प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएको प्रदेशसभाले जनाएको छ । 

    नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावलाई नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गर्नुभयो । प्रदेशसभाको बैठक बुधबारका लागि पुनःबोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.