सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, पहिरोले कार र ट्रकमा क्षति


  •    न्युजभित्तो/३० असार २०७७, मंगलवार ०८:२९ 
  • नवलपरासी । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा पहिरो खस्दा राजमार्गअवरुद्ध भएको छ ।

    मंगलबार विहान ५ बजेको समयमा खसेको पहिरो र पहिरोसंगै ढलेको रुखका कारण राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार पहिरो भन्दा रुखले गर्दा बाटोमा समस्या ल्याएको छ । रुखले दुई वटा सवारीमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ७०२० नम्बरको कार र विपतरीत दिशातर्फ जाँदै गरेको ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुगेको छ ।

    अहिले सो ठाउँमा पहिरो र रुख पन्छ्याउने काम भइरहेको र बाटो ्संचालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ । यसअघि सोही ठाउँमा गयराती पनि पहिरो खसेको थियो । त्यसक्रममा बाटो एकतर्फी संचालनमा थियो । बिहान पुनः पहिरो खसेपछि बाटो पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.