सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीता अयोध्याका रामलाई दिएका हौं, अयोध्या ठोरीमा पर्छ : प्रम ओली


  •    न्युजभित्तो/२९ असार २०७७, सोमबार २०:४६ 
  • काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनककी छोरी सीता नेपालको ठोरीमा पर्ने अयोध्याका रामलाई दिएको बताउनु भएको छ । भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँले बताउनु भएको हो ।

    भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाई थियो । भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उहाँले भन्नुभयो “हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।”

    ‘अहिले खडा गरिएको अयोध्या नभएको बताउँदै उहाँले अयोध्याका बारेमा भीषण विवाद रहेको बताउनुभयो । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो “दशरथका सन्तान राम पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।”

    उहाँले अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गर्नुभयो । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।”

    अयोध्या ठोरीमै भएको तर्क गर्दै उहाँले भन्नुभयो “रामले सीतालाई अहिले भनिँदै आएको अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेका होइनन् । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.