सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानो मेडिकल कलेजमा अवैध मिर्गौला प्रत्यारोपण आरोपमा १२ जना पक्राउ


  •    न्युजभित्तो/२८ असार २०७७, आईतवार १८:०८ 
  • चितवन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले शनिबार चितवनबाट र आईतबार ललितपुरबाट ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष छन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपण गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ। उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरी स्रोतका अनुसार घटना ०७६ जेठको हो । मिर्गौला लिने र दिने दुवै नेपाली नागरिक नै हुन् । मिर्गौला दिने व्यक्ति पूर्वी नेपालको ओखलढुङगाका राई थरका हुन् भने लिने व्यक्ति भक्तपुरका बतास भनिने व्यक्ति हुन् । उनीहरुको आपसमा नाता थिएन । तर ललितपुर महानगरका वडाध्यक्षले भान्जा नाता पर्ने भन्दै कागजपत्र बनाइदिए ।

    उच्च प्रहरी स्रोतका अनुसार नक्कली भान्जाबाट १३ लाखमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो । मिर्गौला बेच्ने व्यक्तिको हातमा ८ लाख परेको प्रहरी स्रोतको दाबी छ । मिर्गौला प्रत्यारोपण पनि भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.