सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी विभाजन हुन दिईने छैन : दाहाल


  •    न्युजभित्तो/२८ असार २०७७, आईतवार १७:५० 
  • भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन हुन नदिने बताउनु भएको छ । जिल्ला पार्टी कार्यालयमा आईतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अछुण राख्ने बताउनुभयो ।

    कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “पार्टी विभाजित हुन दिईने छैन, पार्टीको एकतालाई अक्षुण राखिने छ, यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने भन्दै उहाँले कार्यकर्तालाई भन्नुभयो “अहिले यता र उता दौडिनु भयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताको पक्षमा नारा लगाउनु पर्ने बताउनुभयो ।

    पार्टी एकता हुन नै नदिन ठूलो चलखेल भएको स्मरण गराउँदै उहाँले एकता हुन रोक्नका लागि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव समेत आएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनपछि दुई पार्टी मिल्न नदिन मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो ।”

    चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उहाँले चिनिया नेतासँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने बताएको उहाँको भनाई थियो । उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो ।

    हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उहाँले भन्नुभयो “संविधान बन्न नदिने दवावलाई परास्त गरेर संविधान बनायौं ।” पार्टी र नेतालाई उक्साउने प्रबृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो ।

    संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उहाँले भन्नुभयो “कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौं । सबै मिलेर गरेका छौं ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.