सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चार सम्बन्धी विधेयकमा गल्ती भए सच्याउन सकिन्छ : मन्त्री बास्कोटा


  •    /३१ बैशाख २०७६, मंगलवार १७:४७ 
  • सौराहा : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदमा पेश भएको सञ्चार सम्बन्धी विधेयकमा केही गल्ती भएमा सच्याउनका लागि सरकार तयार रहेको बताउनुभएको छ । चितवनकाे सौराहामा नेपाल टेलिकमले शुरु गरेको फाइवर टु होम (एफटिटिएच) सेवाको मंगलबार शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले प्रेसलाई छाडा हुन भने नदिने बताउनुभयो । अहिले प्रेस अत्यन्त अनुदार भएको उहाँले आरोप लगाउनुभयो ।

    संसदमा पेश भएका प्रेस सम्बन्धी विधेयकहरु संविधानको मर्म अनुसार नै रहेको उहाँको दावी थियो । उहाँले भन्नुभयो “विधेयक संविधान विपरित छैन ।”
    पत्रकारहरुको आन्दोलनलाई कतैबाट प्रायोजन भएको आरोप लगाउँदै उहाँले भन्नुभयो “प्रेस स्वतन्त्र हुनुपर्छ, तर आतंक मच्चाउने खालको हुनु भएन ।” जहाँ प्रेस स्वतन्त्र हँुदैन त्यहाँ लोकतन्त्र पनि जीवित नरहने बताउँदै उहाँले भन्नुभयो “जे मन लाग्यो त्यही लेख्ने र पुष्टि नगरी जवाफदेही नहुने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”

    विश्वका प्रजातान्त्रिक मुलुकहरुले गरेको अभ्यास र नेपालको परिस्थिति हेरेर सञ्चारसम्बन्धी विधेयक ल्याउन लागेको उल्लेख गर्दै उहाँले तथ्यपरक समाचार लेख्ने पत्रकारहरु डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

    सरकारले सञ्चार सम्बन्धी चार÷पाँच वटा कानुन निर्माण गर्न लागेको जानकारी दिंदै उहाँले भन्नुभयो “गलत गर्ने, समाज र राज्यको न्यायलाई चुनौती दिने, सबैलाई नङ्ग्याउने तर त्यो समाचारको पुष्टि गर्न नसक्ने व्यक्तिलाई नियन्त्रण गर्न कानुन सक्रिय बनाउन लागिएको हो ।” सरकारप्रति पूर्वाग्रह राखेर गरिने होहल्लाबाट सरकार प्रभावित नहुने उहाँको भनाई छ ।

    फरक प्रसंगमा उहाँले नेपाल सरकारले डिजिटल नेपालको घोषणा गरेर काम अगाडि बढाईसकेकोले यो अभियान सफल हुँदै गर्दा आर्थिक सम्वृद्धितर्फ मुलुक अगाडि बढ्ने उहाँको भनाई छ । सरकारले पहिलो चरणमा नीतिगत, कानुनी र संरचनागत अल्झनहरुको काम सिध्याइसकेकोले अब दोस्रो चरणमा विकासको गति तीव्र हुने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले विश्वलाई ग्लोबल भिलेजको रुपमा नेपाल टेलिकमसँग जोड्नका लागि नयाँ प्रविधिको विकास गरिएको बताउनुभयो । टेलिकमले प्रदान गर्ने पुरानो सेवाहरु सुस्त हुँदै गएकाले उच्च गुणस्तरीय भ्वाइस कल तथा इन्टरनेट सेवा प्रदान गर्न अप्टिकल फाइबर बिच्छाउने काम सुरु गरिएको बताउनुभयो । उहाँले चाँडै नै फाइबरबाटै टेलिभिजन सेवा समेत प्रदान गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.