सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल, प्रधानमन्त्रीको राजीनामा मागिएको होइन : प्रवक्ता


  •    न्युजभित्तो/१६ असार २०७७, मंगलवार १९:५१ 
  • काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिनुभएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल भएको हो । यसैगरी निर्वाचन आयोगमा नेकपा ९एमाले० नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि आजको बैठकमा छलफल भएको छ ।

    बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाइका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराउनुभएको थियो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यसहित १८ जनाले विचार राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाउनुभएको थियो ।

    ‘प्रधानमन्त्रीको राजीनामा मागिएकोे होइन’

    बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गर्नुभयो । नेता श्रेष्ठले भन्नुभयो, “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । छलफल जारी छ । यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ । आवश्यकतानुसार सचिवालय बस्छ र आवश्यतानुसार स्थायी कमिटीले संश्लेषण गर्छ । राजीनामाका बारेमा कुरा भएको होइन ।”

    निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता गर्न आवेदन दिएको भन्ने सम्बन्धमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ÷छैन भन्ने विषयमा बैठकमा जानकारी मागिएको थियो । झापाका सन्ध्या तिवारीको नेतृत्वमा उक्त दल दर्ताको निवेदन परेको जनाइएको छ ।

    यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा जारी रहेको थियो ।

    कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र विविध कार्यसूचीमा छन् । यस्तै कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ । स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार ११ बजे बस्नेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
    • ‘खोज र खोप’ अभियान
    • ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः कांग्रेस महामन्त्री पौडेल
    • संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय
    • भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.