सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हालको लकडाउन साउन ७ गतेसम्म जारी राख्ने सरकारको निर्णय


  •    न्युजभित्तो/१६ असार २०७७, मंगलवार ०६:०५ 
  • काठमाडौँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।

    बैठकले प्रदेश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्‍ने निर्णय पनि गरेको छ । बैठकमा हवाइ उडाउन खुलाउने विषयमा कुरा भए पनि निष्कर्षमा पुग्न नसकेको एक मन्त्रीले बताए । यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो ।

    मन्त्रिपरिषद्को जेठ २८ मा बसेको बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने सरकारको नीति थियो । तर, पहिलो चरण सकिएपछि थप २१ दिन सरकारले लकडाउन पहिलो चरणकै जस्तै लम्बाएको हो ।

    यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

    सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

    लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा थप कडाई गर्ने निर्णय भएको बताईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.