सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा स्करपियो र ग्यास बुलेट ठोक्किदा एकको मृत्यु, चार घाईते


  •    न्युजभित्तो/१५ असार २०७७, सोमबार २०:३३ 
  • चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो र ग्यास बुलेट सोमबार साँझ एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम रहेकी छिन् ।

    प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी हेटौंडा ५ का स्करपियो चालक ४८ बर्षिय राजन घिमिरे, सोही ठाउँ बस्ने २५ वर्षिय अनुज धिताल गम्भीर घाईते भएका छन् । यसैगरी ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धितालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    घाईतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनापछि बुलेटका चालक फरार छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.