सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले प्रदर्शन गर्ने


  •    न्युजभित्तो/१५ असार २०७७, सोमबार १९:०३ 
  • काठमाण्डौं । नेपाल पत्रकार महासङ्घका उपलब्ध पदाधिकारी तथा सदस्यको आजको बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने भएको छ ।

    महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भइरसको सङ्क्रमणले सञ्चार क्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका विषयमा गम्भीर समीक्षा गरी बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको निष्कर्ष निकालेको हो ।

    महासङ्घले श्रमजीवी पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको थियो । साथै समस्या देखिएका सञ्चारगृहमा यही असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद्, पेशागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे), अन्तरराष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णय महासङ्घले गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
    • ‘खोज र खोप’ अभियान
    • ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः कांग्रेस महामन्त्री पौडेल
    • संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय
    • भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.