सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा


  •    /३१ बैशाख २०७६, मंगलवार १०:२१ 
  • काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने बताउनुभएको छ । अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि उहाँले नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताउनुभयो ।

    “एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए”, मन्त्री पण्डितले भन्नुभयो, “अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटा अहिले पनि कहीँकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।”

    युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ । जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराटमैथिल नाट्य कला परिषद्को रहेको छ । नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शङ्कर पोखरेलले अभिनय गर्नुभएको छ ।

    ‘मिता आब कोना चलब’को कथासार

    नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एक पहाडी र एक मधेशी मूलका व्यक्तिबीच भेट हुन्छ । त्यो भेटलाई उनीहरुले गहिरो मित्रतामा परिणत गर्छन् । एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्छ । नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ । ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ । आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन ? यसका लागि नाटक ‘मिता आब कोना चलब’ हेर्नुपर्ने हुन्छ ।

    ‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताउनुभयो । नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा परेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ ।
    (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.