सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलको काम शुरु


  •    न्युजभित्तो/१२ असार २०७७, शुक्रबार १४:३८ 
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । बोलपत्र आह्वान भई सम्झौतासमेत भइसकेको छ । सडक विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईका अनुसार अनक कन्स्ट्रक्शनलाई ३३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । सो कम्पनीले पुलको डिजाइन र निर्माण गर्नेछ । यसका लागि रु एक अर्ब २७ करोड पाँच लाखमा सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

    सम्झौतासँगै सो कम्पनीले सर्भेको काम थालेको छ । उहाँका अनुसार डिजाइनका लागि नौ महिनाको समय दिइएको छ । महाशाखाले डिजाइनलाई अनुमोदन गरेपछि पुल निर्माणको काम अघि बढ्नेछ । सो सडकको मुग्लिनबाट नारायणगढतर्फ आउँदाका तीन पुल खहरे खोला, चिसेन्जी र तुइन खोलाको चौडाइ नौ मिटर रहनेछ भने अन्य सबै पुलको ११ मिटर हुने उहाँले जानकारी दिनुभयो । ती तीन पुल अफ्ठ्यारो ठाउँमा भएकाले चौडाइ कम भएको हो ।

    पुलमा दोहोरो सवारीसाधन गुडेर छेउछेउमा फुटपाथ हुनेछ । लकडाउनका कारण तीव्र गतिमा काम गर्न नपाएको भए पनि ठेकेदार कम्पनीले आन्तरिक तयारी गरिरहेको छ । ती पुल विश्व बैंकको आर्थिक सहयोग प्राप्त हुने गरी निर्माण गर्न लागिएको हो । विश्व बैंकको प्रोग्राम फर रिजल्ट परियोजनाअन्तर्गत पुल निर्माण सम्पन्न भएपछि मूल्याङ्कन ९भेरिफिकेशन० गरेरमात्र ऋण रकम भुक्तानी दिने गरी पुल बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    यसअघि सो सडकखण्डका चारवटा पुल निर्माण थालिएकामा तीनवटा सम्पन्न भएको छ भने एउटा निर्माणाधीन रहेको छ । सो सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार बन्दै गरेको जलबिरेको पुलको ७४ प्रतिशत काम सम्पन्न भएको छ । लकडाउनसँगै कामदार नभएकाले काम प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

    सो सडकखण्ड विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । यद्यपि पुल भने पाँचदेखि छ मिटर फराकिलो रहेका छन् । सडक फराकिलो र पुल साँघुरोसँगै जीर्ण हुँदा समस्या हुँदै आएको छ । समयमा काम भएमा अबको ३३ महिनापछि सो सडकका सबै पुल फराकिला र मजबुत हुनेछन् । यो सडक विस्तारसँगै पहिरो खस्न रोक्ने काम अन्तिम चरणमा पुगेको छ । चार किलो बाहेकका ठाउँमा पहिरो खस्न रोक्ने काम पनि सम्पन्न भएको खनालले जानकारी दिनुभयो ।

    यसै सडक हुँदै राजधानी प्रवेश र बाहिरिने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.