सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोन्द्राङको टोलबुथ हट्यो, अब लोथरमा रहने


  •    न्युजभित्तो/१२ असार २०७७, शुक्रबार १४:३१ 
  • चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौंडा सडकखण्डको सडक दस्तुर सङ्कलन गर्ने गोन्द्राङको टोलबुथलाई लोथरमा स्थानान्तरण गरिने भएको छ । सडक बोर्डको यही असार ४ गते बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

    बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले मनोहरि गाउँपालिका–६ लोथरमा टोलबुथ स्थानान्तरण गरिने जानकारी दिनुभयो । चालू आवमा सो ठाउँमा कर सङ्कलनका लागि वार्षिक रु १५ करोड आउने गरी ठेक्का लगाइएको थियो । यसअघि मूल्य वृद्धि नहुँदा रु ६ करोड ५१ लाखमा ठेक्का लगाइएकामा दोब्बरभन्दा बढी मूल्य बढाएसँगै राजश्व सङ्कलन बढेको उहाँले जानकारी दिनुभयो । त्यसअघि वार्षिक रु चार करोड ५२ लाखमा ठेक्का लगाइएको थियो । उहाँले भन्नुभयो, “ वार्षिक रु दुई करोड ५५ लाखमा लागेको ठेक्का गत वर्षसम्ममा आइपुग्दा रु १५ करोड पुगेको थियो ।”

    सङ्कलित राजश्व सोही सडक मर्मतसम्भारमा खर्च हुने छ । उहाँका अनुसार गृहमन्त्रालय, सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय चितवनद्वारा अनुरोध गरिएपछि सीमा क्षेत्रमा टोलबुथ सार्न लागिएको हो । यसबाट मुख्यरुपमा पूर्वी चितवनका बासिन्दा प्रभावित हुँदै आएका थिए । आफ्नै जिल्लाको सदरमुकाम आवतजावत गर्दासमेत राजश्व तिर्नुपर्ने भएपछि उनीहरु मर्कामा परेको भन्दै प्रमुख राजनैतिक दलका जिल्ला नेतृत्व र जनप्रतिनिधिहरुले बुथ सार्न दबाब दिँदै आएका थिए । गत वर्षको असार ३ गते बुथमा स्थानीयवासीले आगो लगाएपछि त्यहाँ सुरक्षामा खटिएका प्रहरी घाइते भएका थिए ।

    यसैबीच रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी ढाट स्थान्तरण गरिएको बारेमा औपचारिक रुपमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा ढाट स्थानान्तरण गर्ने निर्णयको व्यहोरासहित सडक बोर्ड नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय चितवन, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकालाई पठाएको पत्र पत्रकार सम्मेलनमा उपलब्ध वितरण गरिएको थियो ।

    असार ४ गतेबाट सो ढाट गोन्द्राङबाट हटेको र कोरोना भाइसरको प्रभाव सामान्य भएपछि ढाट लोथरबाट सञ्चालन हुने पत्रमा उल्लेख छ । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल, रत्ननगरका नगर प्रमुख नारायण वन सहभागि हुनुहुन्थ्यो ।

    रत्ननगर उवासंघ संघका अध्यक्ष राजाराम रेग्मीले ढाटको विरोध गर्दा सार्वजनिक अपराधको मुद्दा खेप्नु परेको भन्दै मुद्दा खेपेर भएपनि पूर्वी चितवनबासीले झेल्दै आएको समस्या अन्त्य हुँदा खुसी लागेको बताउनुभयो ।

    २०७६ जेठ ३ गते ढाट स्थानान्तरणको विषयमा विवाद हुँदा सो ढाटमा केही व्यक्तिले तोडफोड र आगजनी गरेपछि संघका अध्यक्ष राजाराम रेग्मी सहित ९ जना विरुद्ध सार्वजनिक अपराधको मुद्धा लागेको थियो । घटनामा एकजना महिला प्रहरी घाइते समेत हुनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.