सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि र स्वास्थ्यलाई प्राथमिकता दिंदै रत्ननगर नगरपालिकाले ल्यायो १ अर्ब १४ करोड बजेट


  •    न्युजभित्तो/१० असार २०७७, बुधबार १७:१० 
  • रत्ननगर (चितवन) । पर्यटकीय नगरी रत्ननगरले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिंदै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । कोरोना भाईरसको महामारीका कारण पर्यटन व्यवसायी शुन्यजस्तै भएपछि कोरोनाबाट नगरवासीलाई सुरक्षित राख्ने योजनाका साथ बुधबारको नगरपािरषद्मा विदेशबाट आएकाहरुलाई कृषिमा जोड्ने गरी नीति ल्याएको हो ।

    नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि एक अर्ब साढे १४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

    कोरोना भाइरसले मुलुकका प्रभाब पारिरहेका बेला सो नगरपालिकाले कोरोना नियन्त्रण र विदेशबाट फर्केर आउने युवाहलाई कृषिमा रोजगारी प्रदान गर्ने गरी बजेट ल्याएको छ । कुल बजेट मध्य सो नगरपालिकाले आन्तरिक आम्दानीबाट १० करोड,राजश्व बाँडफाडबाट १३ करोड ७९ लाख ५५ हजार,अन्य आय २ करोड ६० लाख,वित्तीय हस्तान्तरण तर्फ केन्द्र सरकारबाट प्राप्त ७४ करोड ९ लाख २० हजार,प्रदेश सरकारबाट ११ करोड ६२ हजार,अन्तर स्थानीय तहबाट १ करोड ५० लाख र जनसहभागिताबाट १ करोड रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ ।

    सो नगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा चालु खर्च तर्फ ६६ करोड ८८ लाख, ६५ हजार र पुँजीगथ खर्च तर्फ ४७ करोड रुपैया खर्च हुने अनुमान गरेको छ । सातौ नगर सभामा मेयर नारायण वनले नीति तथा कार्यक्रम र उपमयर विमला दुवाडीले बजेट प्रस्तुत गर्नुभएको थियो । पूर्वाधार विकासमा ३ करोड २४ लाख ५० हजार, कृषि क्षेत्रमा ७८ लाख ८१ हजार,पशुपंछी विकासमा ७८ लाख १३ हजार, सहकारी, उद्योग, बाणिज्य, पर्यटनमा १ करोड ५८ लाख, शिक्षामा ८४ लाख ५८ हजार, स्वास्थ्यमा ८५ लाख, प्रशासनिक खर्चमा १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएको छ । कोरोना नियन्त्रणको लागि अस्पतालमा आइसोलेशन वेड, व्यवस्थित क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री सहित प्रोत्सहान भत्ता लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । स्वास्थ्य तर्फ नै सुत्केरी आमा र शिशुको सुरक्षाका लागि उपमेयरसँग महिला स्वास्थ्य कार्यक्रम ल्याइएको छ भने बृद्धबृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

    कृषि तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा रहेको बाँझो जमिनमा सामुहिक खेती गर्न अनुदान दिने, बधशालादेखि भन्सासम्म स्वच्छ मासु अभियान अन्तर्गत सुविधा सम्पन्न बधशाला सञ्चालन गर्ने, कृषि उत्पादनलाई संरक्षण गर्न नेपालमै पहिलो कृषि अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ । सामुहिक तथा सहकारी चक्लाबन्दी खेतीलाई विशेष प्राथमिकता दिइने मेयर वनले बताउनुभयो । शिक्षा तर्फ सो नगरपालिकाले कोरोना भाइरसको महामारीले प्रभावित शिक्षालाई माथी उकास्ने गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउन लगानी गर्ने, शिक्षालाई जीवन उपयोगी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनलाई निरन्तता दिने, विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा सञ्चालन गर्ने योजना बनाएको छ ।

    वालवालिकालाई विद्यालयमा ल्याऔं, टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने र अभियान अन्तर्गत असहाय तथा टुहुरा वालवालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गरेर शिक्षा प्रदान गरिने मेय वनले बताउनुभयो । पर्यटन विकास तर्फ सो नगरपालिकाले नगर क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, सूचना केन्द्र निर्माण गरिने छ । पर्यटन विकासकै लागि रत्ननगर ५ झुवानीमा नेपाल सरकारको सहयोगमा निर्माणाधिन बहुसांस्कृतिक पार्क निर्माण सम्पन्न गर्ने, सौराहामा पूर्वी चितवन स्तरको सौराहा इकोपार्क तथा बहुसाँस्कृतिक ग्राम, मनीखोला पार्क निर्माण गरिने छ । ग्रामीण पर्यटनको रुपमा चिनिदै आएको होम स्टेलाई नमुनाको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

    नेपाल सरकारको लगानीमा सौराहामा निर्माणाधिन सिटीहल र टाँडी चोकमा निर्माणाधिन आकासेपुलको निर्माणकार्य यसै बर्ष सम्पन्न गरिने मेयर वनले बताउनुभयो । नगर सभामा राजश्व परामर्श समितिका संयोजक तिलकराज शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल, आर्थिक विकास समितिका संयोजक गोविन्द भट्टराई, वडाध्यक्ष राजन भट्टले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो । मेयर वनको अध्यक्षतामा भएको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

    पर्यटकीय क्षेत्र सौराहा समेत समेटिएको रत्ननगरको अधिकांश भूभाग कृषिका लागि उर्वर मानिन्छ । पछिल्लो समयमा भएको जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्न बाँझो जमिनमा खेती अभियानलाई नगरपालिकाले अगाडि बढाएको हो । यससँगै यस क्षेत्रमा पर्यटनसँगसँगै कृषिले पनि सफलता प्राप्त गर्ने अपेक्षा नगरवासीले गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.