सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरले ल्यायो आगामी आवको लागि ४ अर्ब १५ करोडको बजेट


  •    न्युजभित्तो/१० असार २०७७, बुधबार १४:५९ 
  • भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार शुरु छैटौं नगरसभामा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्नुभएको हो ।

    प्रस्तुत बजेटमा अन्तरसरकारी अख्तियारीबाट ६० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यसै गरी आन्तरिक आय ९० करोड ९घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको वाँडफाँडबाट प्राप्त आय समेत०, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ४६ करोड १२ लाख ५१ हजार, जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोष बाट २ करोड र सडक बोर्ड नेपालबाट १ करोड ५० लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

    चालु आव २०७६/७७ को लागि कूल अनुमानित आय ४ अर्व ५१ करोड २८ लाख ८ हजार ९जेष्ठ मसान्त सम्म पुरक बजेट तथा थप अख्तियारी समेत० र व्ययतर्फ ४ अर्व ५१ करोड २८ लाख ८ हजार ९पुरक बजेट तथा थप अख्तियारी समेत० अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख । अनुमानित आयमा २०७७ आषाढ पहिलो हप्तासम्म महानगरले आन्तरीक आम्दानी करिब ३१ करोड २८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत २१ करोड २४ लाख ४८ हजार एवं जनसहभागिता १९ करोड ६ लाख गरी जम्मा ७१ करोड ५८ लाख ४८ हजार र संघीय सरकारको राजश्व बाँडफाँड बाट १९ करोड ९८ लाख १३ हजार आम्दानी भएको जनाईएको छ । यसैगरी संघ तथा प्रदेशबाट वित्तिय हस्तान्तरण वापत क्रमशः १ अर्ब ५० करोड ६४ लाख ८० हजार र १० करोड ३७ लाख ७६ हजार प्राप्त भएको, ९७ करोड ३५ लाख ६७ हजार बैकबाट अ। ल्या।गरिएको उल्लेख छ । साथै ढुङ्गा, गिट्टी, वालुवा तथा माटोजन्य वस्तुबाट हाल सम्म २ करोड २ लाख प्राप्त भएको बजेटमा उल्लेख छ । छ ।

    महानगरले चालु आर्थिक वर्षमा व्ययतर्फ चालु शीर्षकमा १ अर्व ८० करोड २३ लाख २२ हजार विनियोजन भएकोमा २०७६ आषाढ पहिलो हप्तासम्म १ अर्ब ८ करोड ४० लाख अर्थात ६० दशमलव १ प्रतिशत गरेको छ । पुँजिगत ९विकास बजेट० तर्फ २ अर्व ७१ करोड ४८ लाख ६ हजार विनियोजन भएकोमा ८२ करोड ८४ लाख ७६ हजार अर्थात ३० दशमलव ६ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । चाले आवको असार पहिलो सातासम्म कुल खर्च १ अर्ब ९१ करोड २४ लाख ७६ हजार भएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.