सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लयमा फर्किदै चितवनको पोल्ट्री व्यवसाय, दुई वर्षको उतारचढावपछिको राहत


  •    न्युजभित्तो/९ असार २०७७, मंगलवार २०:२४ 
  • नारायण अधिकारी

    चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् ।

    नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो । लकडाउन शुरुभएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरु बताउँछन् ।

    नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छ । ब्रोइलर चल्ला रु ६०, लेयर्स रु ९० र कोइलर रु ७० मा बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७।४५, लेयर्सको रु ९० र कोइलरको रु ४५ पर्न आउँछ । हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी दिनुभयो । उत्पादित चल्ला सबै बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको उत्पादन सातामा पाँच लाख हाराहारी घटेको उहाँले जानकारी दिनुभयो ।

    लकडाउनको समयमा कुखुरा पाल्ने घटेसँगै मासुको अभाव हुन थालेको छ । फार्मबाट प्रतिकिलो जिउँदो कुखुरा रु २७० देखि रु २८० सम्ममा बिक्री हुन थालेको छ । जिउँदो खुकुराको लागत मूल्य रु १८० हो । चितवनको बजारमा तयारी मासु प्रतिकिलो रु ४०० सम्ममा बिक्री हुने गरेको छ ।

    दुई साता अघिबाट चल्ला बिक्री हुन थालेको हो । लकडाउन शुरु भएपछि व्यवसायीले बिक्री नभएसम्म चल्ला नष्ट गर्दै आएका थिए । यससँगै अण्डाको मूल्य पनि बढ्न थालेको छ । माग बढेसँगै मूल्य बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

    सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार हाल ठूलो अण्डाको बिक्री मूल्य फार्ममा रु ३०५ र मध्यम अण्डाको रु २९१ मा रहेको छ । बजारमा अण्डाको अभाव भएका कारण बिक्री मूल्य बढ्दै गएको छ ।

    पोल्ट्री व्यवसायी मदन पोखरेलले अण्डा पाउन मुस्किल भएपछि व्यापारीले ठूलो अण्डा रु ३२५ सम्ममा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । हाल अण्डाको उत्पादन कम रहेको छ । लकडाउन अघिकोभन्दा दैनिक १० लाख गोटा कम अण्डा उत्पादन भएको अध्यक्ष केसीले बताउनुभयो । अहिले दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन भइरहेको छ ।

    लकडाउनमा दाना खुवाउन नसक्ने भएपछि कुखुरा बिक्री भएको, कुखुराले राम्रो दाना खान नपाएका जस्ता कारण अण्डा उत्पादन घटेको हो । केसीका अनुसार लकडाउन कडा हुँदा रु २०० सम्म अण्डाको मूल्य तोकिएको थियो । त्यतिबेला बिक्री नभएपछि कृषकले रु १५० सम्ममा बिक्री गरेका थिए । अण्डाको लागत मूल्य प्रतिगोटा रु ११।५३ पर्दछ ।

    लकडाउन शुरु भएपछि एक महिनासम्म अण्डा बिक्रीमा समस्या भएको भए पनि त्यसपछि क्रमशः बढ्दै गएको हो । नेपालमा दुई हजार ७०० भन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्ने गरेको तथ्याङ्क छ ।

    भारतबाट दानाका लागि ल्याउने मकैको मूल्य लकडाउनको समयमा क्रमशः घट्दै गएकाले व्यवसायीलाई केही राहत मिलेको छ । जिल्लाका अग्रणी दाना उत्पादक शङ्कर कँडेल भारतबाट आउने मकैको मूल्यमा गिरावट भएसँगै दानाको मूल्य घट्दा कृषकलाई राहत मिलेको बताउनुहुन्छ । माघ महिनासम्म प्रतिकेजी रु ४३ मा खरिद गरिएको मकै अहिले रु २३ देखि रु २५ सम्ममा खरिद हुने गरेको छ । दानामा मकै ५० देखि ५५ प्रतिशत राख्ने गरिन्छ । यसरी दानाको लागत मूल्य घटेसँगै कृषकले सस्तो मूल्यमा दाना पाउन थालेका छन् ।

    प्रतिकेजी दानामा रु नौसम्म गिरावट आएको छ । लकडाउनकै समयमा प्रतिकेजी रु पाँच घटेको थियो । यता सरकारले बजेटमा आयात हुने भटमासमा नौ प्रतिशत भन्सार लगाएसँगै भटमासको मूल्य भने बढेको छ ।

    कँडेलका अनुसार रु ६० मा आउने भटमास रु ६३ पुगेसँगै दानाको मूल्य पुनः बढ्नसक्ने देखिएको छ । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमिका खेलेको व्यवसायीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.