सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमजीवी पत्रकारको अधिकारका लागि दबाब दिइँदै


  •    न्युजभित्तो/९ असार २०७७, मंगलवार १७:२९ 
  • काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिद्वारा मंगलबार आयोजित “कोरोना महामारीमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा” विषयका भर्चुअल संवादमा महासङ्घका अध्यक्ष गोविन्द आचार्य र समितिका अध्यक्ष राजेन्द्र अर्यालले ठूला भनिएका सञ्चार गृहमै यस प्रकारको समस्या देखिएकाले सञ्चार उद्यमीसँग सार्थक संवादबाट समाधान नभए दबाबमूलक कार्यक्रम र कानूनी उपचारबाट श्रमजीवी पत्रकारलाई न्याय दिलाइने दृढता व्यक्त गर्नुभयो ।

    अध्यक्ष आचार्यले आवश्यक परेमा सञ्चार गृहमा जुलुस आयोजना र सञ्चार द्यमीको घरमा धर्नासम्म गरिने बताउँदै भन्नुभयो, “हाम्रो पहिलो शर्त पत्रकारको पेशागत सुरक्षा हो । काम गर्ने कोही पनि पत्रकार भोकै मर्न हुँदैन भन्नेमा हामी सचेत छौँ र उनीहरुको अधिकार दिलाएरै छाड्छौँ ।” उहाँले विभिन्न १२ सञ्चार गृहमा कार्यरत पत्रकार तथा कर्मचारीले नियमित तलब नपाएको र कर्मचारी कटौती गर्न थालेको विषयमा ती सञ्चार गृहसँग जवाफ मागिएको जानकारी दिनुभयो ।

    समितिका अध्यक्ष अर्यालले एक्काइसौँ शताब्दीमा पनि पत्रकारले आफूले काम गरेको रकम माग्न लडाईँ गर्नुपर्ने विडम्बना भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका लागि अन्य सङ्कटका बेला कोष खडा गरेर परिचालन गर्नसक्ने संस्थालाई पत्रकारलाई तलब नदिइनुले नियतमा पनि शङ्का उत्पन्न गराएको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिई पुनः कर्जा र अन्य सुविधाका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

    सञ्चार अनुसन्धानकर्ता लक्ष्मणदत्त पन्तले पत्रकारको पेशागत सुरक्षाको सधँै उठिरहने मुद्दा बनेकाले यसलाई दीर्घकालीनरुपमा समाधान गर्न महासङ्घ र समितिले पहल गर्नुपर्ने उल्लेख गर्दै विषम स्थितिमा पत्रकारलाई तलबविहीन हुन नदिन सञ्चार गृहले श्रमजीवी पत्रकार कोष खडा गर्नुपर्ने सुझाव दिनुभयो ।

    अभिवक्ता एवं पत्रकार स्वागत नेपालले युनेस्कोले जारी गरेको पत्रकार सुरक्षा मार्गदर्शनलाई सहीरुपमा अपनाइएको उल्लेख गर्दै समस्यामा परेका पत्रकारलाई कानूनी सहायता आवश्यक परेमा आफूहरुले निःशुल्क सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । युनेस्को आयोगको आमसञ्चार समितिका संयोजक हरिगोविन्द लुईँटेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विश्लेषण गरी समस्या समाधानका लागि सम्बन्धित पक्षसँग पहल गरिने बताउनुभयो ।

    युनेस्को नेपाल आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीलगायत सहभागी संवादमा सञ्चारिका समूहका सचिव यशोदा अधिकारीसहित प्रदेश नं. १ बाट यज्ञ शर्मा, प्रदेश नं. २ बाट सुरेश यादव, प्रदेश नं.३ बाट शेषकान्त पण्डित, प्रदेश नं. ५ बाट भगवान भण्डारी, कर्णाली प्रदेशबाट नवराज महतारा, सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा, प्रवासी पत्रकार भगवान गिरी (पोर्चुगल) ले कोरोना महामारीपछि श्रमजीवी पत्रकारको पेशागत र व्यावसायिक सुरक्षाको अवस्था कमजोर हुँदै गएको अनुभव आदानप्रदान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.