सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोक्सोको क्यान्सरका बिरामी ७५ वर्षिय बृद्धले जिते कोरोना


  •    न्युजभित्तो/५ असार २०७७, शुक्रबार १४:५७ 
  • भरतपुर । फोक्सोमा क्यान्सर भएर उपचार गराईरहनु भएका एक बृद्धले कोरोनालाई परास्त गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले बृद्धि र रोगीहरुलाई बढी प्रभावित पारेको नजिरलाई परास्त गर्दै ७५ वर्षिय बृद्धले कोरोना पराजित गर्नुभएको हो ।

    कोरोनाले मुख्य रुपमा बिरामीको फोक्सोमा नै संक्रमण गर्ने भए पनि उच्च आत्मबलका साथ उचित उपचार भएर ती बृद्ध करोना मुक्त हुनु भएको छ । उहाँसँगै ७३ वर्षीया उहाँकी श्रीमतीले पनि कोरोनालाई परास्त गर्नुभएको छ ।

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहिबार गरिएको स्वाब परीक्षणमा उहाँहरु दुवैको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ ।

    भरतपुर महानगरपालिका वडा नं. ६ केशरबागका उहाँहरुको जेठ ८ गतेबाट उपचार थालिएको थियो । करिब एक महिना उपचारपछि उहाँहरुले कोरोनालाई परास्त गरेर घर फर्किनु भएको छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. श्रीराम तिवारीले शुरुका दिनमा श्वास फेर्न केही असजिलो र खोकी देखिएको भए पनि उहाँलाई कुनै जटिल समस्या नआएको बताउनुभयो । तिवारीले भन्नुभयो “फोक्सोको क्यान्सर भएका कारण हामीले उच्च निगरानी गरेका थियौं, तर उहाँलाई जटिल समस्या आएन ।” पाको उमेर, फोक्सोको क्यान्सर हुँदाहुँदै पनि उहाँले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्नुभएको डा. तिवारीले बताउनुभयो ।

    बिहीबार डिस्चार्ज भएपछि संक्षिप्त प्रक्रिया दिंदै बृद्धले उच्च मनोबल बनाएमा कोरोनालाई सजिलै जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालमा कुनै किसिमको उपचार अभाव भएन । म सबै चिकित्सक र नर्सप्रति आभारी छु ।” उहाँले मनोबल उच्च राख्दै उपचार गरेमा कोरोना रोग ठूलो समस्या नभएको बताउनुभयो ।
    निकै प्रफुल्लित देखिनु भएका बृद्धले भन्नुभयो “म सबै देशबासीलाई भन्न चाहन्छु, कोरोना लागिहाल्यो भने आत्तिनु हुँदैन्, मैले उच्च मनोवलका कारण नै कोरोना जितेँ ।”

    भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराएर फर्कएपछि गरिएको परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको २ दिनपछि उहाँहरुसँगै भारत गएका छोरामा पनि संक्रमण देखिएको थियो । संक्रमित वृृद्धवृद्धाको भरतपुर अस्पतालमा उपचार भयो भने छोराको कोरोना विशेष अस्पतालमा उपचारपछि निको भएर यस अघि नै घर फर्किसकेका छन् ।
    भरतपुर अस्पतालमा अहिले २७ जना कोरोना संक्रमित उपचारत रहेका छन् । कुनै पनि संक्रमितमा जटिल समस्या नभएको डा. तिवारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.