सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै


  •    न्युजभित्तो/५ असार २०७७, शुक्रबार १२:३५ 
  • टेकराज पोखरेल (आनन्द)

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो । हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भन्नुभयो ।

    स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उहाँले बताउनुभयो । “प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उहाँले भन्नुभयो । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताउनुभयो ।

    अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उहाँको भनाइ छ । शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताउनुभयो । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उहाँको भनाइ छ ।

    एक सय श्ययाको आइसोलेसन

    अस्पतालले हाल १०० श्ययाको आइसोलेसन निर्माण गरेर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १२० श्यया पु¥याइएको छ । प्राकृतिक चिकित्सालयमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नका लागि ४५० श्यया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले बताउनुभयो ।

    अस्पतालमा सघन उपचार कक्ष भने निर्माण गरिएको छैन । अस्पतालमा आएका सङ्क्रमित यहाँको आहारविहारका कारण स्वस्थ हुँदै गइरहेका तथा आर्थिक अभावका कारण सघन उपचार कक्ष निर्माणमा समस्या भएको पौडेलले बताउनुभयो । गम्भीर अवस्थाका बिरामीलाई चितवन तथा पोखरा पठाउने तयारी भए पनि हालसम्म एक जनाबाहेक अन्य बिरामीलाई अस्पतालले रिफर गरेको छैन ।

    हालकै अवस्थामा अस्पताललाई १०० भन्दा बढी सङ्क्रमितको उपचार गर्न कठिनाइ रहेको छ । चिकित्सालयमा भौतिक पूर्वाधार तयार अवस्थामा भए पनि सङ्क्रमित थपिएको अवस्थामा सिसीक्यामेरा, तरकारी राख्नका लागि डिफ्रिज, भ¥याङलगायत पूर्वाधार व्यवस्थापन भइसकेको निर्देशक डा पौडेलले बताउनुभयो । चिकित्सालयमा कोरोना अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख तथा जिल्लाका आठवटै स्थानीय तहबाट रु ६० लाखमात्रै बजेट आएको पौडेलले बताउनुभयो ।

    सङ्क्रमित बढ्दै जाँदा थप बजेटको आवश्यकता पर्ने भन्दै डा पौडेलले आफूहरुले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा कुरा गरिरहेको बताउनुभयो । “सङ्क्रमितको उपचारका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ”, उहाँले भन्नुभयो, “अस्पतालको निरीक्षणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसमेत यहाँ आउने तयारी छ ।”

    हाल अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसमेत १५ जना कार्यरत रहेका छन् । अस्पतालमा तीन जना चिकित्सक मध्यबिन्दु जिल्ला अस्पताल डण्डाबाट तथा दुई जना स्वास्थ्यकर्मी जिल्लाका स्थानीय तहबाट खटाइएको छ । अस्पताल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आठ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.