सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शताब्दी पुरुष जोशीलाई नगर परिक्रमा


  •    /३० बैशाख २०७६, सोमबार २२:०३ 
  • ललितपुर । सय वर्ष पुग्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज पाटनको मङ्गलबजारदेखि पुल्चोकको महानगरपालिकासम्म सरकारी तवरले रथमा बसाएर नगर परिक्रमा गराइएको छ ।

    ललितपुरमा आज जोशीको सम्मान गर्न करीब २५ देखि ३० हजारको जनसागर उत्रिएको थियो । जोशीको सुस्वास्थ्यको कामना गर्दै ‘नामसङ्गीति’ नामक पाटनको आमा समूहले उहाँको घरमा शान्ति पाठ गरेको थियो । बिहान उहाँको घरमा शुभकामना प्रदान गर्न आउने व्यक्तिलाई रातो टीका लगाएर पठाइएको थियो । शान्ति पाठको काम समापन हुने बित्तिकै उहाँलाई सगुनसमेत खुवाइयो ।

    जोशीलाई ललितपुरका विभिन्न बाजागाजासहित नेपाली सेनाको बाजा बजाएर सम्मान गरिएको थियो । सो अवसरमा जोशीद्वारा लिखित पाँच पुस्तक ‘महर्षि यज्ञवल्क्य’, ‘अरनिको, ‘श्वेत चैत्य’, ‘नेदरल्याण्डसमा पहिलो नेपाली’, ‘ललितपुर र कात्तिक नाचको पुष्ठभूमि’का साथै एक सिडी पनि विमोचन गरिएको थियो ।

    कार्यक्रममा महानगरपालिकाले सय वर्ष उमेर पुगेका वडा नं ६ का भाइचा महर्जन, वडा २२ का सीता भण्डारी, वडा १६ का पञ्चमाया बज्राचार्य र वडा ११ का रत्नमान श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

    उपत्यका नगरप्रमुख मञ्चका तर्फबाट जोशीलाई सम्मानसहित रु १५ हजार प्रदान गरिएको थियो । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले संस्कृतिविद् शताब्दी पुरुष जोशी नयाँ पुस्तकका लागि एक खुला पुस्तकालय हुनाका साथै आदर्श र प्रेरणाका स्रोत भएको बताउनुभयो । ललितपुरमा जोशीको १०० औँ जन्मजयन्ती मूल आयोजक समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा कावा प्रधानमन्त्री पोखरेलले ८० वर्षअघिदेखि जोशीले भाषा, साहित्य र संस्कृतिमा योगदान गर्नुभएकाले गौरवको पात्र मान्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तीन पटक मदन पुरस्कार विजेता जोशीले नेपालीमा लेख्नुभएका पुस्तक ‘सेतो चैत्य’ र ‘चारुमती’ लाई अङ्ग्रेजीमा रुपान्तरणका साथै तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको सम्मानस्वरुप ललितपुरकी चेली तथा सगरमाथा आरोही कल्पना महर्जनले उहाँको फोटो अङ्कित झण्डा सगरमाथामा फरफराइदिने विश्वास व्यक्त गर्नुभयो ।

    महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशीले श्वेत चैत्य र अरनिको पुस्तक प्रकाशन गरी नेपाल र चीनबीच सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो । भारतीय राजदूत मञ्जीवसिंह पुरीले ललितपुरमा भएको अशोक स्तम्भले भारत र ललितपुरबीच शदियौँ वर्षदेखि प्रगाढ सम्बन्ध बनाउँदै आएको उल्लेख गर्नुभयो ।

    वाङ्मय शताब्दी पुरुष जोशीले नेपाली भाषा र संस्कृतिको विकासमा सबै नेपाली एकीकृत भएर लाग्नुपर्ने बताउनुभयो । “देश विकास भौतिक रुपमा मात्र भएर पुग्दैन”, जोशीले भन्नुभयो, “नेपालले कला र संस्कृतिमा पनि उत्तिकै विकास गर्दै जानुपर्छ, नेपालमा कलाको चमत्कार त्यसबेला हुन्छ जुन बेला यहाँ संस्कृतको संरक्षण हुन्छ, बूढ्यौली पन ईश्वरको बरदान हो, जो कोही व्यक्तिले जीवनमा परेको समस्या चिन्ताका रुपमा नलिई समाधान गर्दै जाँदा जङ्गल नपसी घरैबाट मुक्ति पाउन सक्छ ।”

    नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले राजा महेन्द्रको पालामा जोशीले नेपालको राष्ट्रिय फूल लालीगुराँस र इरानको राष्ट्रिय फूल गुलाफ लेखेर इतिहास राखेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य पम्फा भुसालले जोशी नेपालको एक सत्य किताब भएको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य जीवन खड्काले जोशीका कृतिलाई देशका ७५३ वटै स्थानीय निकायमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
    मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग
    • जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
    • तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
    • उन्नाइस केजी गाँजासहित युवक पक्राउ
    • पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.