सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किशोरी हत्या आरोपमा एक युवक पक्राऊ, अर्का एक फरार


  •    /३० बैशाख २०७६, सोमबार २१:२० 
  • पाँचथर । आइतबार बेलुकी हिलिहाङ गाउँपालिकाकी १५ वर्षकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्वर २ का भगीरथ बाँस्तोलालाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभएको छ ।

    बाँस्तोलाले प्रारम्भिक बयानमा आफु र सोही स्थान बस्ने पदम तामाङ मिलेर किशोरीको हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बाँस्तोला पक्राउ परेपनि अर्का आरोपित तामाङ भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका बाँस्तोलाले फरार रहेका पदम तामाङ हत्या भएकी किशोरीका प्रेमी रहेको बताएका छन् ।

    पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४, पञ्चमीस्थित कार्तिके भन्ने स्थानमा स्थानीय १५ वर्षीया किशोरी शितल योङहाङको गएराती विभत्स शव फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.