सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजी क्षेत्रले उत्पादन शुरु गर्‍यो हाइब्रिड मकैको बीउ


  •    न्युजभित्तो/२३ जेष्ठ २०७७, शुक्रबार १७:४५ 
  • नारायण अधिकारी

    चितवन । निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको हो । कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाका अनुसार यस वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव पाँच हेक्टरमा मकैको बीउ उत्पादन गर्दैछ । त्यहाँ सात टन उत्पादन हुने अपेक्षा गरिएको छ ।

    गोरखा सिड्स कम्पनी दाङले चितवनको दिव्यनगरमा तीन हेक्टरमा बीउ उत्पादन गर्दैछ । त्यहाँ छदेखि आठ टन उत्पादन हुने अपेक्षा छ । लुम्बिनी सिड्स कम्पनीले भैरहवामा आठ हेक्टरमा बीउ उत्पादन गर्दैछ । १० देखि १५ टन उत्पादन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । धनगढीको युनिक सिड्स कम्पनीले दुई हेक्टरमा मकैको बीउ उत्पादन गरिरहेको छ । जहाँ पाँचदेखि छ टन उत्पादन हुने लक्ष्य लिइएको छ । धनगढीकै पञ्चशक्ति सिड्स कम्पनीले एक हेक्टरमा दुई दशमलव पाँच टन मकैको बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    बाँकेको गेट नेपालले एक हेक्टरमा बीउ उत्पादन गर्न लागेको भए पनि असफल भएको कोइरालाले जानकारी दिनुभयो । गत वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव दुई टन र लुम्बिनी सिड्स कम्पनीले दुई दशमलव पाँच टन बीउ उत्पादन गरेका थिए । नेपालमा नौ लाख ५४ हजार हेक्टरमा मकै लगाउने गरिन्छ । एक हेक्टरमा २० किलो बीउ आवश्यक पर्दछ । कोइरालाका अनुसार १० देखि १५ प्रतिशत जमिनमा हाइब्रिड मकै लगाउने गरिन्छ । सालाखाला चारदेखि पाँच टन प्रतिहेक्टर उत्पादन हुने गर्दछ ।

    बारा, पर्सा जिल्लामा छदेखि सात टनसम्म उत्पादन हुने गरेको कोइरालाको भनाइ छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले हालसम्म सात हाइब्रिड जातका मकैको विकास गरेको छ । जसमध्ये पाँच सिफारिस भएका छन् भने दुई सूचीकृत भइसकेका छन् । उहाँका अनुसार सूचीकृत भएका जातमा रामपुर हाइब्रिड–१० र रामपुर हाइब्रिड–८ हुन् । गौरव, रामपुर हाइब्रिड–२, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–६ र खुमल हाइब्रिड–२ सिफारिस भएका जात हुन् ।

    हाइब्रिड विकास गर्न आठदेखि १० वर्ष समय लाग्ने गर्दछ । रामपुरले हाइब्रिडसँगै विभिन्न ३७ जातका मकै विकास गरिसकेको छ । हावापानीका हिसाबले तराई, मध्यपहाड, उच्च पहाडी, रङका हिसाबले सेतो, पहेँलो र खुला सेचित जातका मकैका बीउ उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रलाई हाइब्रिड बीउ उत्पादन गर्न रामपुरले स्रोत बीउ र प्राविधिक सहयोग गर्दै आएको छ । कोइरालाका अनुसार एक हेक्टरमा १६ किलो पोथी लाइनको र चार किलो भाले लाइनको बीउ दिइएको हो । अहिले बीउ मकै थन्क्याउने समय भए पनि लकडाउनका कारण आफूहरु बीउ लगाएका ठाउँमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

    विसं २०२९ देखि रामपुरमा मकैको अनुसन्धान थालिएको हो । बीउ व्यवसायी सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुने गरेको छ । प्रतिकिलो रु ४५० देखि ६०० सम्ममा बीउ आउने गरेको उहाँको भनाइ छ । स्वदेशमै उत्पादन गर्न सकेमा बाहिर जाने ठूलो रकम यही बस्ने उहाँले बताउनुभयो ।

    प्रमुख कोइरालाले आयातित मकैको बीउमा कहिलेकाहीँ समस्या आएको भन्दै सरकारले रु २३ करोडसम्म राहत दिएको उदाहरण दिनुभयो । नेपालमा नै सरकारले लगानी गरेर हाइब्रिड बीउ उत्पादन वढाउन सके रकम बाहिर नजाने र उत्पादन वढाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अर्काको भर पर्दा समस्या पर्ने गरेको छ । यही बीउ उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.