सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुल कोरोना संक्रमित २३०० पुगे, मृत्कको संख्या नौ


  •    न्युजभित्तो/२१ जेष्ठ २०७७, बुधबार १९:२० 
  • काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेको जानकारी दिनुभयो ।

    थप हुनेमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ ३, झापा १, पाँचथर १, सुनसरी ७, पर्सा ७, दैलख १, सल्यान ३, मोरङ ५, झापाका १, तेह्थुम १, सुनसरी १, कैलाली ३, डोटी २, कपिलबस्तुका ६७, पाल्पा २, रुपन्देही २६, महोत्तरी ९, दैलेख ६, कालिकोट ७, दाङ ५, प्युठान २, धनुषा १, कविलबस्तुका २, काठमाडौँ मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहट ११, रुपन्देही १, सर्लाही १५, सिन्धुपाल्चालेक १ रहेका छन् ।

    क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा बुधबार १२ जनासहित कुल २७८ जना पुगेको छ । पुरूष २२२ जना र ५६ जना महिला निको भएका छन् । सङ्क्रमित हुने जिल्ला ६४ पुगेको छ । ताप्लेजुङ् र तेह्रथुम जिल्लामा सङ्क्रमित थपिएको छ ।

    पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

    यसैबीच नेपालमा थप एक जनाको कोरोनाका करण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको डा. देवकोटाले जानकारी दिनुभयो ।
    पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उहाँलाई अस्वस्थ भएपछि केही समयपहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको गरिएको थियो । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.