सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप १६६ जनामा कोरोना पुष्टि, कुल संक्रमित १ हजार ५६७, मृतकको संख्या ८ पुग्यो


  •    न्युजभित्तो/१८ जेष्ठ २०७७, आईतवार १६:४५ 
  • काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा थप १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आईतबार प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आईतबा एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् ।

    यसैबीच बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी थिइन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देवकोटाले बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको जानकारी दिनुभयो ।

    यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयो । बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.