चितवन। दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै लगिएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । उनी दुल्लु नगरपालिका वडा न ११ का युवक हुन् ।