सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु


  •    न्युजभित्तो/१२ जेष्ठ २०७७, सोमबार २१:४५ 
  • काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो ।

    योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।

    मृतकको कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो ।

    उनको जेठ ३ गते स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँको रिपोर्टमा शङ्कास्पद आएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । त्यहाँ परीक्षण गर्दा पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । जेठ ५ गते नै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.