जनसङ्ख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने योजना छ : प्रधानमन्त्री
"अपाङ्गता भएका वा अन्य कसैको पनि सामाजिक सहायतामा कटौती नगरिने "
न्युजभित्तो/१२ जेष्ठ २०७७, सोमबार २१:११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताउनुभएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको र यस यथार्थप्रति सरकार सचेत रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सरकारले परीक्षणलाई विस्तार गरिरहेको बताउँदै विज्ञले दिएको सल्लाहबमोजिम कम्तीमा जनसङ्ख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक मात्र प्रयोगशालाबाट शुरु भएको कोभिड–१९ को परीक्षणलाई सात वटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीव्र बनाइएको छ ।” नेपालको जनसंख्या तीन करोडको हाराहारीमा छ ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताउँदै आफूले नेपालीहरू ठूलो सङ्ख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग पनि गम्भीर संवाद गरिरहेको जानकारी दिनुभयो । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीलाई सरकारले समयमै उद्धार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।”
उहाँले आवश्यक ‘खाद्य वस्तुहरुको आयातलाई घटाउने, कृषिमा आत्मनिर्भर हुने, क्रमशः कृषि उत्पादनको निर्यात तीव्र पार्ने र कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने’ कार्यक्रम हालै संसद्बाट नीति तथा कार्यक्रमका रुपमा पारित गरिसकिएको बताउँदै कृषि क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि सो कार्यक्रम समावेश गरिएको स्पष्ष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आवश्यकतानुसार बन्द होटल तथा उपयुक्त सार्वजनिक संरचनालाई समेत क्वारेन्टिनका रुपमा प्रयोग गर्नेबारेमा समेत योजना बनाइएको बताउनुभयो । प्रदेश र स्थानीय तहसँगको समन्वयमा क्वारेन्टिनको प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा अघि बढाइने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “क्वारेन्टिनको सङ्ख्या बढाउने र त्यसको स्तरमा पुनरवलोकन गरी व्यापक सुधार गरिनेछ ।”
सरकारले ‘निरोगी नेपाल निर्माण अभियान’ लाई मूल स्वास्थ्य नीति बनाएको बताउँदै उहाँले प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवर्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले अघि सारेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीबीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीबीच माथिल्लो तामाकोशी, मेलम्ची, पोखरा, भैरहवा र काठमाडौंँ विमानस्थल निर्माण/विस्तार तथा रानीपोखरी, धरहरालगायत पुनःनिर्माणका काम अगाडि बढिरहेको छ ।
अहिले अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । उहाँका अनुसार सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने सरकारको योजना छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने र सो प्रणालीमा आबद्ध सबै श्रमिकको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको पनि बताउनुभयो ।
महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”
उहाँले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताउनुभयो । भन्नुभयो, “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।”