प्रहरीसँगको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु, चार प्रहरी गम्भीर घाइते
न्युजभित्तो/१२ जेष्ठ २०७७, सोमबार १२:३३
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जना लागुऔषध कारोबारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । प्रहरीले लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाएको छ ।
जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो । लागुऔषध कारोबारीले चारैतिरबाट घेरा हाली आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनीमाथि ६ राउण्ड गोली लागेको छ ।
सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएका र उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।