सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप ७२ जनामा कोरोना पुष्टि, नेपालमा कूल सङ्क्रमित ६७५


  •    न्युजभित्तो/१२ जेष्ठ २०७७, सोमबार ११:३९ 
  • काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विहान जारी गर्नुभएको प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । नयाँ सङ्क्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा नगरपालिका–३ र ६ तथा बुढानीलकण्ठ नगरपालिका–३ का २७, ४१ र ३७ वर्षका पुरुष, बाराको कलैया नगरपालिका र कोटवाली–१ का २५ र ३२ वर्षका पुरुष तथा रौतहटको राजपुर फरहदवा–२, ६, ८ र दशरथ–२ का १८देखि ५३ वर्ष उमेरसम्मका २६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा बर्दियाको बासगढी–९ का २५ वर्षका पुरुष तथा बाँकेको दुधवा गाउँपालिका–२ र राप्ती सोनारी गाउँपालिका–७ का २३ वर्षका दुईसहित १६ र २४ वर्षका पुरुष रहेका छन् ।

    त्यस्तै, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराको गढिमाई नगरपालिकाका १८ वर्षदेखि ५० वर्ष उमेरका २१ जना पुरुषमा, भेरी अस्पताल, नेपालगञ्जमा दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका १५ देखि २९ वर्षका चार जना पुरुष र २५ वर्षीया एक महिला तथा प्रदेश अस्पताल, सुर्खेत अन्तर्गको प्रयोगशालामा दैलेखको गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.