सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय नाघ्यो


  •    न्युजभित्तो/११ जेष्ठ २०७७, आईतवार १६:५५ 
  • काठमाडौँ । नेपालमा आज थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ सय तीन पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।

    प्रवक्ता डाक्टर देवकोटाका अनुसार नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीया पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीया पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीया पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीया पुरुष, पर्साका ६० वर्षीया पुरुष, रौतटह स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीया पुरुष रहेका छन् ।

    त्यस्तै सर्लाही हरीपुरका ४८ वर्षीया पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौं सोह्रखुटेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षीया पुरुष रहेका छन् ।

    यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीया पुरुषहरु, कपिलवस्तुका ३ जना ३५, ३७ र ५२ वर्षीय पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।

    हालसम्म सङ्क्रमित हुनेहरुमध्ये पुरुषहरु ५ सय २४ जना र महिलाहरु ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन् । नुवाकोटमा संक्रमित भेटिएसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.