सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक्न आग्रह


  •    न्युजभित्तो/१० जेष्ठ २०७७, शनिबार १९:०२ 
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता नरोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणको उपलब्धताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

    बन्दाबन्दीका कारण अपाङ्गता भएका व्यक्तिलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्तश्रवण भएका व्यक्तिलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भएकाले आधारभूत मानव अधिकारको उपभोग गर्न समेतबाट वञ्चित हुन गएको पाइएको आयोगले जनाएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा सामाजिक सुरक्षाअन्तर्गतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिकरुपमा सकारात्मक प्रभाव पर्नुका साथै उनीहरुमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने देखिएको आयोगले जनाएको छ ।

    हालको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रम घोषणा भई कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षाभत्ता समेतबाट एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई विमुख गराउँदा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हकको सम्मान गर्न आयोगले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.