सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१५ वर्षीया किशोरीको हत्या


  •    /३० बैशाख २०७६, सोमबार १४:०२ 
  • विपुल अधिकारी
    पाँचथर । जिल्लाको हिलिहाङ गाँउपालिकामा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । हिलिहाङ गाउँपालिका–४, पञ्चमीकी शितल योङहाङको आइतबार बेलुकी हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

    शीतल आइतबार अपरान्ह ४ वजे स्कूलबाट घर आएकी र घरको काम सकेर गाउँमा निस्केको उनको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

    शीतलको शव घाँटी काटिएको अवस्थामा आइतबार साँझ ७ बजे बाटो छेउमा फेला परेको प्रहरी निरीक्षक पौडेलेले जानकारी दिनुभयो । सोही बाटो भएर हिँडिरहेका स्थनीय एक शिक्षकले अँध्यारोमा कान्लामुनी मान्छे जस्तो देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

    गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । हत्या कसले र किन गर्यो भन्ने अनुसन्धान थालिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । प्रहरीले घटनास्थलमा एकथान मोबाइल फेला पारेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.