सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भेटिए अर्का कोरोना सङ्क्रमित, थपिए ३२ जना, कूल सङ्क्रमित ५४८


  •    न्युजभित्तो/१० जेष्ठ २०७७, शनिबार ०९:२८ 
  • चितवन । हिजो मात्र दुई कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित पुष्टि भएका चितवनमा आज फेरि एकजना सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्वर–६का ५२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, काठमाडौँ र चितवनका गरी ३२ जना कोरोना सङ्क्रमित थपिएका र योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच सय ४८ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

    मन्त्रालयका अनुसार आज नयाँ पुष्टि भएकाहरुमा कपिलवस्तुको वाणगङ्गा नगरपालिकाका सात पुरुष र एक महिला गरी आठ जना, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष, बाराको करैयामाई गाउँपालिकाकी एक महिला, काठमाडौँका एक पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ जना पुरुष तथा चितवनको भरतपुर–६ का एक पुरुष रहेका छन् ।

    उनीहरुमध्ये कपिलवस्तु, सर्लाही, बारा र काठमाडौँका सङ्क्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, रुपन्देहीका सङ्क्रमितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र चितवनका सङ्क्रमितको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभएको छ । आज सङ्क्रमण पुष्टि भएकाहरु १७ वर्षदेखि ५५ वर्ष उमेर समूहका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.