सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता


  •    न्युजभित्तो/९ जेष्ठ २०७७, शुक्रबार २२:४१ 
  • काठमाडौँ । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो । उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे संसद् सचिवालयमा गएर दर्ता गराउनुभएको हो ।

    विधेयकको उद्देश्य र कारणमा भनिएको छ, “निशानछापभित्र अङ्कित नेपालको नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ।”

    भारतबाट अतिक्रमित नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भू–भाग समेटेर सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी प्रकाशन गरेको थियो । दर्ता भएको उक्त संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । त्यसपछि जनताको जानकारीका लागि प्रकाशित गरिने छ । सभामा सामान्य छलफलपछि उक्त विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न समय प्रदान हुनेछ । विधेयकमाथि संशोधन प्राप्त भएमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित उक्त विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ ।

    उक्त प्रक्रिया राष्ट्रियसभामा पनि सैद्धान्तिक छलफलबाट दोहोरिने संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । विधेयकमाथि कुनै सशोधन प्रस्ताव परेन र सर्वसम्मत भएको खण्डमा छोटो प्रक्रिया र विधिबाट विधेयकलाई अझै छिटो समयमा पारित गर्न सकिने छ ।

    विधेयक दुई तिहाइ आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ । निशानछाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने छ । त्यसमा नेपाल सरकारकातर्फबाट निर्धारित रङ्गको प्रयोग हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको अनुसूची ३ मा निशानछापसम्बन्धी व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.